सप्तरीमा बस पल्टिँदा एक जनाको ज्यान गयाे, ११ जना घाइते

 असार ९, २०७९ बिहिबार १४:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुकाे ज्यान गएकाे छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गकाे हनुमाननगर कंकालिनी नगरपालिका १ मा आज बुधवार बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा एक जना महिलाकाे ज्यान गएकाे र परिचय भने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया