चर्को महँगीविरुद्ध एमालेले सडक आन्दोलन गर्ने, २२ वटा जनसङ्गठन परिचालन गर्ने निर्णय

 असार ९, २०७९ बिहिबार १६:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको आज बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

यसका लागि २२ वटा जनवर्गीय सङ्गठनलाई सडक प्रदर्शनमा सहभागी गराउने तयारी रहेको संयन्त्रकी सहसंयोजक रचना खड्काले उज्यालोलाई जानकारी दिनुभयो । महँगीका कारण नागरिकले छाक टार्न नपाएर बाँच्नै नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकार भने कमिसनकै चक्करमा लागिरहेकाले सडक आन्दोलनमा जानुको विकल्प नरहेको खड्काले बताउनुभयो । 

केही सङ्गठनले अहिले नै आन्दोलन गरिरहेका र अब संयुक्तरूपमा आन्दोलनको आवश्यकता रहेकाले सशक्त आन्दोलन गर्ने निर्णय भएको खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया