ललितपुर महानगरमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

 असार १०, २०७९ शुक्रबार ७:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदैछ ।  

भोलि शनिवार भने खोप दिइने छैन । भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।  आज वडा नम्बर १, २ र ३ का बालबालिकालाई खोप दिइने छ ।

यस्तै, पर्सि वडा नम्बर ४, ५, ६ र ७ मा, १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया