विषादी हालेका फलफूल र मापदण्ड पालना नगरी जारको पानी बेच्नेलाई कारबाही हुने

 असार १४, २०७९ मंगलबार ८:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

वर्षायाममा पानीका कारण हैजा, झाडापखालाजस्ता सरुवा रोग फैलने भएकाले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा सफा र स्वस्थ खानेकुरा खान विभागको आग्रह छ । यस्तै विभागले जथाभावी रसायन र विषादी हालेर फलफूल बिक्री गर्नेलाई पनि कारबाही गर्ने भएको छ ।  फलफूल पकाउन कार्बाइड (एसिटिलिन ग्यास)को प्रयोग नगर्न आग्रह गर्दै विभागले कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीका लागि राख्न निषेध गरिएको उल्लेख गरेको छ ।

विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले व्यवसायीलाई रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका स्वीकृत रसायनको तोकिएको विधि अनुसार गर्न समेत सचेत गराउनु भएको छ । आँपलगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा केमिकल राखेको पाइएमा विभागमा उजुरी गर्न पनि  उहाँको  अनुरोध छ । फलफूल खाँदा राम्ररी सफा पानीले पखालेर खान पनि महानिर्देशक डा. वैद्यको सल्लाह छ । 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया