सिराहामा बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

 असार १४, २०७९ मंगलबार ११:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिराहा – बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गएको शनिबार स्थानीय ६० वर्षीया एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया