कक्षा १२ को परीक्षा शुरु
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौको बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।
दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।
तीन वटा दमकल, पानी ट्याङ्कर र प्रहरीको पानीको फाेहाेरा हान्ने गाडीको सहायताले आगो निभाउने काम भइरहेको छ । बिहान ६ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ । आगलागी पछि अहिले बालुवाटार मोड र इटालीयन एम्बेसी मोडबाट गाडी डाइभर्सन गरिएको छ ।