भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

 असार १६, २०७९ बिहिबार ९:०:६ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको हो । सामाजिक सञ्जालबाट उहाँले मुख्यमन्त्री पद त्यागेको घोषणा गर्नुभएको छ । साथै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताउनुभएको छ ।

ठाकरे भारतको शिवसेनाका प्रमुख हुनुहुन्छ । बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाउनु भएको छ ।

ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया