बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा

 असार १७, २०७९ शुक्रबार ९:५७:१९ | एजेन्सी
unn.prixa.net

बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको छ ।

चिनियाँ राष्ट्रपति सी जीन पिङ हङकङ पुग्नुभएको छ । सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएपछि चीन बाहिर यो उहाँको पहिलो यात्रा हो । उहाँ तीव्र गतिको रेलमार्फत हङकङ पुग्नुभएको हो । सीलाई हङकङका निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गर्नुभएको छ ।

यो अवसरमा चिनियाँ राष्ट्रपति सी जीन पिङले शेन्जेन सहरको भ्रमण समेत गर्नुभएको छ । आज सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको बीबीसीले जनाएको छ ।

वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्थ्याे तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनकारीहरू मौन छन् । हङकङ सन् १९९७ मा ९९ वर्षपछि बेलायतले चीनलाई फिर्ता गरेको थियो ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया