बल्खुमा भ्यानले आमा–छाेरालाई ठक्कर दिँदा छाेराकाे ज्यान गयाे

 असार १९, २०७९ आइतबार १६:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । 

बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको ज्यान गएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ । घाइते योगिताको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । 

उनीहरू महाराष्ट्रबाट नेपाल घुम्न आएका थिए । ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया