सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकाका सैन्य प्रमुख मार्क मिलीले चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नदेखिएको तर अमेरिकाले त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।
चीनले ताइवान सीमा नजिक सैन्य क्षमता विस्तार गरिरहेका बेला अमेरिकी सैन्य प्रमुख जेनरल मिलिले तत्काल आक्रमणको सम्भावना नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनले क्षमता विस्तार गरिरहेको तर आक्रमणबारेको निर्णय राजनीतिक हुने उहाँको भनाइ छ । उहाँले ताइवानमाथिको आक्रमणले चीनलाई मात्र नभइ विश्वलाई नै समस्यामा पार्ने बताउनुभयो ।
चीनले अमेरिकालाई ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको र त्यस्तो प्रयासलाई निरर्थक बनाउने बताउने गरेको छ । यो विषयलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेको बेला अमेरिकी सेनाको भनाइ सार्वजनिक भएको हो । चीनले ताइवानको हवाई रक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाएको छ भने अमेरिकाले ताइवानको समुद्र क्षेत्रमा पानीजहाजहरू पठाएको छ ।
चीनले ताइवान आफूसँग छुट्टिएको एक प्रान्त भएकोले आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ । चीन र ताइवान सन् १९४० को दशकको गृहयुद्धमा अलग भएका थिए ।