डेनमार्कको एक सपिङ मलमा गोलाबारी : तीन जनाको ज्यान गयो

 असार २०, २०७९ सोमबार ८:३४:३८ | एजेन्सी
unn.prixa.net

डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ ।

फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन् । यो मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको खबरमा उल्लेख छ । डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा आक्रमण भएको थियो ।

कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया