दाङमा राप्ती नदीले बगाउँदा एक जना पुरुषकाे ज्यान गयाे

 असार २४, २०७९ शुक्रबार ६:४०:८ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ - दाङको देउखुरीमा‍ राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान  गएको छ ।

नदीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे।

चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्‍याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजाे बेलुका प्रहरीलाई खबर गरेका थिए।

चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया