बिहान ९ बजेदेखि दरबाजा खोलामा फसेका महिलाहरुलाई प्रहरीले गर्‍याे उद्धार

 असार २५, २०७९ शनिबार १७:५०:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरी भएर बग्ने दरबाजा खोलामा फसेका महिलाहरुलाई प्रहरीले उद्धार गरेको छ । १६/१७ जनाको समूह भएर त्रीशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा बाढी आउँदा उनीहरु फसेका थिए । 

मानिस खोलामा फसेको सूचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं २९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक, र सशस्त्र प्रहरी वल नं ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।

राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा रसरी र माररी खोला मिलेर बनेको सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन् । रातिदेखि पानी परिरहेको थियो । च्याउ उम्रेका होलान भन्ने लागेर खोज्न नजिकैको जंगलमा गएकाहरु खहरे खोलामा फसेको अन्जना विकले बताउनुभयो । खोलाको दुरी लामो भएको, पानी परिरहेको र खोला पार गरिहालिन्छ भनेर खोलामा पसेकोमा एक्कासि भेल आएपछि खोलामा फसेको अन्जनाले बताउनु भयो । उनीहरु बिहान ९ बजेदेखि खोलामा फासेका थिए ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया