पोखरा, काठमाण्डाै र लुम्बिनीमा हिमालयन भीगन महोत्सव हुने

 असार २५, २०७९ शनिबार १८:१३:३५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली, ज्ञान तथा सचेतनाबारे जानकारी दिन नेपालका तीन ठाउँमा ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वर्ल्ड भीगन अर्गनाइजेशनले पोखरामा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको छ । 

नेपालमै पहिलोपल्ट गर्न लागिएको महोत्सव पोखरा, काठमाण्डौ र लुम्बिनीमा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिनुभयाे । महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहने बताउनुभयेा । तीन चरणमा हुन महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाण्डौस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्राण्ड बिरौटामा हुनेछ ।

शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रबर्द्धनसँगै नेपाललाई ‘भेगन डेष्टिनेशन’को रुपमा प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेशनका महासचिव अजित थापाले जानकारी दिनुभयाे ।

महोत्सवलाई अझ आकर्षण दिन एक सय भन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान, भीगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भीगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा लगाएतका कार्यक्रम हुने थापाले बताउनुभयाे ।

महोत्सव अवलोवकन निःशुल्क गर्न पाइनेछ भने महोत्सवभित्रका खानपान लगायत सेवा सुविधा उपभोग गर्न तीनको १० हजार रुपैयाँ तिर्नुपर्ने उहाँले बताउनुभयाे । भीगन अर्गनाइजेशनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबै प्राणीप्रति दया, माया र करुणामय व्यवहार गर्ने जीवनशैली नै भीगनवाद भएको बताउनुभयाे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गणेशबहादुर भट्टराई लगाएतले पोखराको पर्यटन प्रवद्र्धनमा भीगन महोत्सवले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया