जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी

 असार २५, २०७९ शनिबार १९:४०:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको घोराहीमा ६ जना बिरामी भएका छन् । 

शनिवार बिहान नजिकैको वनबाट सङ्कलन गरी ल्याइएको च्याउको तरकारी पकाएर खाएका घोराही उपमहानगरपालिका – ११ खैरा बस्ने ४२ वर्षीय भोला बीसी र उहाँका छोरीहरू २० वर्षीया सोनु बीसी तथा १५ वर्षीया पविता बीसी रहेका छन् । 

त्यसैगरी घोराही – १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएका  जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

च्याउको तरकारी खाएको केही समयमा उहाँहरु बिरामी भएको प्रहरीले जनाएको छ । उहाँहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया