प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई

 असार २६, २०७९ आइतबार २०:२६:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङको बेलझुण्डीमा सञ्चालित १२ औँ सङ्घीय तथा  प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बाँकेले जितेको हो । प्रतियोगितामा १९ स्वर्ण, सात रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधिसँगै शिल्ड जित्न सफल भएको हो ।

त्यसैगरी बर्दियाले नाै स्वर्ण, नाै रजत र १२ कास्य पदकका साथ दाेस्राे हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदकसहित तेस्राे भयाे । तीन दिनसम्म चलेको प्रतियोगितामा कपिलवस्तुले ६ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित सान्त्वना स्थान प्राप्त गर्‍याे । 

यसैबीच प्रतियोगिताअन्तर्गत कराँते छात्रमा गुल्मीका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै एथ्लेटिक्स छात्रमा बाँकेका युवराज विक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी बन्न सफल भए । उसुतर्फ छात्रमा बाँकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित, भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

प्रतियोगितामा व्यक्तिगत विधाअन्तर्गत एथ्लेटिक्स, उसु, कराँतेमा पहिलाे भएका खेलाडी र टिम गेमतर्फको कबडी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडीले यही असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न् ।

यसैबीच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षता र ऊर्जा जलस्राेत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया