करकाे दर घटाएर दायरा बढाइएकाे छ : मेयर आचार्य

 असार २७, २०७९ सोमबार २०:२६:१५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष २०७९/८० काे बजेट करका दरहरू घटाएको बताउनुभएकाे छ । आउँदाे आर्थिक वर्षका लागि आठ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगर सभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापनलगायतमा करको दर घटाएको उहाँले बताउनुभयाे । 

आज साेमवार भएकाे एक अन्तरक्रियामा मेयर आचार्यले अघिल्लो वर्षकाे भन्दा झन्डै साढे दुई अर्ब रुपैयाँ बढी बजेट ल्याए पनि महानगरले करको दर घटाएकाे जानकारी दिनुभयाे । करको दर घटाएर दायरा बढाएको उहाँले बताउनुभयाे । सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाए पनि पोखरामा अनधिकृत रूपमा संरचना बनाएका घरहरूबाट राजस्व असुल गरिने उहाँले सुनाउनुभयाे । 

मेयर आचार्यले सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने, घुम्ती सेवा शिविर सञ्चालन गर्ने, कर्मचारीसँग कार्य विवरण र कार्य सम्पादन सम्झौता गर्ने, पुरानो नक्सा डिजिटल बनाउने लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयाे । उहाँले ल्यान्डफिल साइटबारे चाँडै टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयाे । अब बन्ने ल्यान्डफिल साइट आधुनिक हुने उहाँकाे भनाइ छ । 

मेयर आचार्यले पूर्वमेयर मानबहादुर जिसीले पर्यटन बसपार्क, यातायात र गल्फको जग्गा विधि नपुर्‍याइ दिएकाे टिप्पणी गर्नुभयाे । नाङ्गो आँखाले हेर्दा विधि र प्रक्रिया नपुर्‍याइ हतारहतार सम्झौता गरेको देखिएकाे र छानबिन समितिकाे प्रतिवेदनमा विस्तृतमा आउने उहाँकाे भनाइ छ ।   

मेयर आचार्यले पाेखरामा बहु तले पार्किङ बनाउने योजना रहेको पनि बताउनुभयाे । अहिलेको महानगर कार्यालय भवन भएको ठाउँ र नयाँ बजारमा रहेकाे प्रदर्शनी केन्द्रलाई पार्किङ बनाउने बारेमा छलफल चलिरहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया