रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे

 असार ३१, २०७९ शुक्रबार १०:५१:५५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ ।

हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव  हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो  ।

पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया