पोखरामा एउटा कारले ६ वटा गाडीलाई ठक्कर दियाे, चालक पक्राउ

 असार ३२, २०७९ शनिबार १२:२७:५५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा गएराति एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे । 

लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटरमा पूर्णरुपमा क्षति पुगेकाे कास्कीका प्रहरी निमित्त प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। उहाँले घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे तथा कार चालक वली र कारलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे । 

कार गाडीलाई ठक्कर दिएर भागेको थियाे ।  लेकसाइडमै रहेको सीआईबीकाे टोलीले कार र चालक वलीलाई नियन्त्रणमा लिएकाे हाे । रातिको समय सडकमा मानिसहरु कम भएका कारण ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया