सत्ता गठबन्धन जोगाउन नेताहरु दिल्ली पुग्नुभएकाे छ : शङ्कर पोखरेल

 साउन १, २०७९ आइतबार १३:३८:४८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्म जाेगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गर्नुभएकाे छ । 

प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदाे सङ्घीय र प्रदेशकाे चुनावसम्म गठबन्धन टिकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा भारत भ्रमणमा गएकाे दाबी गर्नुभएकाे हाे।

उहाँले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताउँदै आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप समेत लगाउनु भएकाे छ । 

उहाँले अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको विषय गम्भीर रहेको बताउनु भयाे। पाेखरेलले गठबन्धन सरकारको नीतिगत विचलन र सेटिङका कारण अहिलेको आर्थिक सङ्कट पैदा भएको आरोप लगाउनु भयाे ।

एमालेको सरकार आए अहिलेको आर्थिक सङ्कट सजिलै पार लाग्ने उहाँकाे भनाइ छ । उहाँले नेपालमा धेरै राजनीति पार्टीहरू आवश्यक नभएको भन्दै ध्रुवीकरणमा जानु पर्ने बताउनु भयाे। उहाँले आउँदाे चुनावमा ध्रुवीकरण हुने बताउनु भयाे।

पाेखरेलले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि आक्रमण सुरु भएको बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया