३ जना मन्त्रीकाे नाम तयार छ, प्रधानमन्त्रीकाे जवाफ कुर्दैछाैँ :...
चैत १५, २०७९ बुधबार
पाँचथरकी सीता कुमारी हाङसरुम्बाले वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि घरैमा ढाका बुन्ने, गाइ पाल्ने, बङ्गुर पाल्ने गरेर मासिक १५ हजार रुपैयाँसम्म बचत गर्न थाल्नुभएको छ । कक्षामा नबस्दासम्म हातमा सीप भए पनि परदेशी श्रीमानको मुख ताक्ने सीता कुमारी आफैँले आयआर्जन गर्न थालेपछि अहिले श्रीमान् श्रीमती दुवै जना मिलेर घरैमा व्यवसाय बढाउने योजना बनाएका छन् ।