जागिर खोज्ने र जागिर दिनेहरुबीच भेटघाट गराउन पाेखरामा राेजगार मेला हुँदै

 साउन ४, २०७९ बुधबार ८:४५:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनुभयाे ।

मेलामा उद्योग वाणिज्य संघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल व्यवसायी, रेष्टुरेष्ट व्यवसायी लगायतका संस्थाले मेलामा स्टलबाटै रोजगारी दिने छन् । मेलामा करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगारी प्राप्त गर्न सकिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे ।

‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ मेला पोखरा प्रदर्शनी केन्द्रमा हुने छ ।  युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको नीति अन्तर्गत मेलाको आयोजना गरिएको उहाँकाे भनाइ छ ।

मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी र सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोगबारेमा जानकारी दिइने उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Rajendra Chand

    July 21, 2022, 8:40 a.m.

    भेला हुने स्थान कहाँ हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया