जङ्गली बँदेल र बाँदरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

 साउन ५, २०७९ बिहिबार २०:८:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पश्चिम दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीकाे गुनासाे छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा झन्डै तीन सय घर रहेको र बारीमा लगाएकाे अन्नबाली जङ्गली जनावरले नष्ट गरिदिने गरेका छन् । यहाँको समस्याका लागि पटक-पटक निकुञ्ज र पालिकालाई खबर गरे पनि समाधान गर्न कसैले पहल नगरेको किसानको गुनासो छ ।

शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसानले लगाएको मकैबाली दर्जनौँको सङ्ख्यामा आउने जङ्गली बँदेलले नष्ट गरेका छन् । स्थानीय नेवबहादुर रोकाले रातको समयमा दर्जनौँको सङ्ख्यामा बँदेल आएर मकै नष्ट गरेको बताउनुभयो । त्यही ठाउँका तुलबहादुर वलीले पनि आफ्नो बारीमा लगाएको मकै बँदेलले नष्ट गरिदिएको बताउनुभयो । 

पश्चिम दाङका बबई, शान्तिनगर, दङ्गीशरणका केही वडामा जङ्गली बँदेलले अन्नबाली नष्ट गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया