सम्झनाको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने

 असोज ९, २०७५ मंगलबार ९:१२:१६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – एसिड आक्रमणबाट गम्भीर घाइते भएर उपचारको क्रममा आइतबार राति ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने निर्णय गरेको छ ।  

तीजको दरखाने राति सम्झना र उहाँकी बहिनी १५ वर्षकी सुस्मितालाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । यस अघि प्रदेश सरकारले दिदी बहिनीको उपचार स्वारुपम १ लाख दिने निर्णय गरेको थियो ।

पीडित परिवारलाई ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाट थप तीन लाख दिने निर्णय गरेको जनाइएको छ । एसिड खन्याउने घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यनायधिवक्ता दिपेन्द्र झालाई निर्देशन समेत प्रदेश सरकारले दिएको छ ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेक रामबाबु पासवानलाई पक्राउ गरेको छ । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया