गठबन्धन आउँदाे चुनावसम्म नै, कसैले ठूलाे भाग खाेजे टुलुटुलु हेरेर बस्दैनाैँ : अध्यक्ष नेपाल

 साउन ९, २०७९ सोमबार १९:८:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदाे चुनावसम्म नै गठबन्धन कायमै रहने बताउनुभएकाे छ । ४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आज साेमवार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले गठबन्धना आबद्ध दलहरू आउँदाे चुनावसम्म नै तालमेल गरेरै अगाडि बढ्ने बताए ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावनाअनुसार हुने अध्यक्ष नेपालकाे भनाइ छ । पालिका चुनावकाे नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर चुनावमा जाने बताउनुभयाे । ‘अहिले कसै–कसैले अन्य तरिकाबाट अनेक थरीका कुरा गर्न थालेका छन् तर गठबन्धन टुट्नेवाला छैन्’, उहाँले भन्नुभयाे, ‘आउँदाे चुनावसम्म गठबन्धन कायमै रहन्छ, यसका लागि हाम्रो तर्फबाट अवश्य पनि बहस र छलफल हुन्छ ।’

अध्यक्ष नेपालले गठबन्धन गर्दा कसैले यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिनुभयाे । शक्ति बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया