भूकम्पले दक्षिण ढल्काएकाे तालबाराहीकाे पुनर्निर्माण कहिले ?

 साउन ९, २०७९ सोमबार १९:४२:३२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराकाे फेवातालकाे बीचमा रहेकाे तालबाराही मन्दिरकाे पुनर्निर्माण गर्नुपर्ने भएकाे छ । २०७२ सालकाे वैशाख १२ गतेकाे भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्किएकाे पाइएपछि मन्दिरकाे पुनर्निर्माण गर्नुभएकाे हाे । 

इन्जिनियरहरूले मन्दिर जाँच गर्दा दक्षिणतर्फ तीन इन्च ढल्किएको बताएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयाे । मन्दिरको माथिल्लो भाग र भुइँको भागमा ठाउँ–ठाउँमा चर्किएको छ । गुठी संस्थान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्त्व विभागले मन्दिरकाे पुनर्निर्माण गर्नुपर्ने बताइसकेका छन् ।

विसं १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर मन्दिर स्थापना गरेको किंवदन्ती छ । त्यसपछि विसं २०१७ मा राजा महेन्द्र शाहले पोखरा भम्रणका बेला झुप्रोको मन्दिर देखेपछि अहिलेको स्वरूपमा निर्माण गर्न लगाउनुभएकाे थियाे । अहिले मन्दिर चर्किएकाले पुरानै स्वरूपमा मन्दिरको पुनर्निर्माण गर्नुपर्ने भएको अध्यक्ष कुँवर बताउनुहुन्छ । पुनर्निर्माणकाे काम पुरातत्त्व विभागले छिटै थाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे । पुनर्निर्माण गर्दा मन्दिरलाई पुरातत्त्व विभागकाे सल्लाहमा तीन/चार फिट उत्तरतर्फ बढाउने र दक्षिणतर्फ एउटा ढोका थप गर्नुपर्ने अध्यक्षकाे कुँवरकाे भनाइ छ । 

पर्यटकीय नगरि पोखरामा आउने जो–कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचमा रहेकाे सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर रहेका कारण पनि आकर्षण बढेकाे छ । तीन राेपनी आठ आना क्षेत्रफलमा फैलिएकाे याे मन्दिर नेपालकै प्रमुख तीर्थस्थल मध्ये एक हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया