युवती प्रयाेग गरी युवककाे अपहरण, ६ जना पक्राउ

 साउन १०, २०७९ मंगलबार २०:५६:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दैलखका एक युवकलाई भेट्न बाेलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय युवकलाई भेट्न बाेलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई तुलसीपुरको एक होटलबाट पक्राउ गरेको हो । दाङको बबई गाउँपालिका ४ की ३५ वर्षीय लीला विक, त्यही ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर ४ का २५ वर्षीय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका ७ का २० वर्षीय मनोज थारु पक्राउ परेका हुन् । यस्तै प्रहरीले प्युठानको गौमुखी गाउँपालिका ७ घर भइ दाङकाे तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवरलाई पक्राउ गरेकाे छ । कुँवर बाग्मती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालकसमेत रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखतबहादुर शाहीले बताउनुभयो । यस्तै प्रहरीले फोन गरी भेट्न बोलाउने तुलसीपुर ७ का २६ वर्षीया निर्मला विकलाई पनि पक्राउ गरेको छ ।

निर्मलाले अपहरणमा पर्ने युवकलाई हिजाे साेमवार राति नौ बजेतिर बुटवलमा भेट्न बोलाएकी थिइन् । दैलखबाट बुटवलमा भेट्न आएका युवकलाई युवतीसँग भेट भएपछि ६ जनाको समूहले अपहरण गरी आज तुलसीपुर ल्याएका थियो ।

त्यसपछि युवकलाई तुलसीपुरको एक होटेलमा राखेर सात लाख रुपैयाँ फिरौती मागेका थिए । फिराैती नदिए जे पनि हुन सक्ने भन्ने परिवारमा फोन गएपछि कुमारकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभएकाे थियाे । दिउँसाे ४ बजेपछि प्रहरीमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको टोलीले होटलबाट केशवलाई उद्धार गरेको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया