१ करोड ३६ लाख लागतमा रुपातालमाथि झोलुङ्गे पुल निर्माण

 साउन ११, २०७९ बुधबार ८:३६:१७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पर्यटकलाई आकर्षित गर्न रुपाताल माथि झोलुङ्गे पुल बनाइएको छ । पोखराको लेखनाथमा रहेको रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो ।

महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो ।

पुल निमार्णपछि रुपा गाउँपालिका ६ का स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ ।

भङ्गारा पचभैया ट्रेल ब्रिज नामकरण गरिएको यो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा बनेको हो । पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इञ्जिनियर हरि थापाले जानकारी दिनुभयाे ।

पुल बनेसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया