जिल्ला अदालत दाङमा सम्बन्ध विच्छेदका मुद्दा मात्रै झण्डै २४ प्रतिशत

 साउन ११, २०७९ बुधबार १२:५९:२१ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना अत्याधिक बढेका छन् । जिल्ला अदालतमा परेका कुल मुद्दामध्ये करिब २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा हुने गरेको दाङ जिल्ला अदालतले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७८/०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता सामाजिक समस्या सम्बन्ध विच्छेद गराउने कारक देखिएको न्यायाधीशहरुको भनाइ छ । अदालतमा परेका मुद्दाको प्रकृति हेर्दा नेपाली समाज कुन दिशातर्फ गैरहेको छ भन्ने प्रष्ट देखिने गरेको जिल्ला न्यायाधीश रितेन्द्र थापा बताउनु हुन्छ ।

वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता कारणले बुवाआमाले सम्बन्ध विच्छेद गर्दा उनीहरुका छोराछोरीलाई नकारात्मक असर पर्ने गरेको समाजशास्त्रीहरु बताउँछन् । बुवाआमा  एक अर्कासँग छुट्टिएर बस्दा त्यसकाे मनोवैज्ञानिक असर उनीहरुका बालबालिकामा परेर सामाजिक संरचना नै बिग्रने महेन्द्र बहुमुखी क्याम्पस दाङका समाजशास्त्रका प्राध्यापक नवराज सुवेदी बताउनु हुन्छ ।

सम्बन्ध विच्छेदसँगै गएको वर्ष जिल्ला अदालतमा  सरकारवादी मुद्दामा सबै भन्दा बढी १ सय २९ वटा जबरजस्ती करणीका मुद्दा परेका छन् । यस्तै देवानीतर्फका सबैभन्दा बढी अंश सम्बन्धी २ सय ५८ वटा मुद्दा परेको दाङ जिल्ला अदालतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया