विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

 साउन १५, २०७९ आइतबार १५:१२:० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलकाे हवाई इन्धन डिपोको गेटमा ताला लगाएका छन् । 

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आज आइतवार बाउजर मेशिन काठमाण्डाै फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरीलगायतको टोली विमानस्थल पुगेको हो । 

विक्रम संवत् २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा पहिलो पटक गएको जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने ११ हजार लिटर क्षमताकाे बाउजर ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि स्थानीयवासीसँगै जनप्रतिनिधि र व्यवसायीले विरोध गरेका हुन् ।

विमानस्थललाई विस्थापित गर्न योजनाबद्ध ढङ्गले बाउजर लग्न खोजिएको भन्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घले नेपाल आयल निगम तुलसीपुरमार्फत ध्यानाकर्षणपत्र बुझाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया