पोखरामा पहिरोले घर पुरिँदा एक जनाकाे ज्यान गयाे

 साउन १६, २०७९ सोमबार ६:३२:३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

गएरातिदेखिकाे वर्षापछि घरमाथिबाट आएको पहिराेले पुरिँदा सन्तोष सुनारको ज्यान गएकाे हाे । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराकाे गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । सुनिता र सिमन दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनु भयाे । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया