पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आगलागी भएर एक जनाको ज्यान गयो

 साउन १६, २०७९ सोमबार ८:५२:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिका-२५ हेम्जामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ  ।

हिजो बेलुका पोखरा-बाग्लुङ सडक खण्डमा ग १७ प १९७० मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलका चालक कास्की माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा नेपालीको शरीर जलेको थियो । उहाँलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगे पनि डाक्टरले मृत घोषणा गरेका थिए । ट्रकधनी पोखरा २५ हेम्जाका ४१ वर्षीय क्षेत्रबहादुर कुँवरसमेत जलेर घाइते हुनुभएको छ ।

आगो निभाउने क्रममा जलेका उहाँको मणिपाल अस्पतालमा उपचार भइरहको छ । ट्रक चालक किरण बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया