आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, भाेलिदेखि क्रमिक रुपमा मा...
चैत ७, २०७९ मंगलबार
पाँचथर - पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो ।
हिजो बिहान सामान्य रुपमै बच्चा जन्माएकी करिनाको बेलुका रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँकाे ज्यान गएको अस्पतालले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।