निर्देशक पाण्डेको डकुमेन्ट्री 'सहायक श्रीमान्' ले अमेरिकामा जित्यो उत्कृष्ट अवार्ड

 साउन २३, २०७९ सोमबार १७:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म सहायक श्रीमान् 'को–हजबेन्ड' ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा भएको आठौँ कब इन्टरनेशनल फिल्म फेस्टिबलमा डकुमेन्ट्री फिल्म सहायक श्रीमान् 'को–हजबेन्ड' ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो । 

अवार्ड जितेपछि निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै डकुमेन्ट्री निर्माण र अमेरिकामा सहभागी हुन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । यसअघि पनि यो डकुमेन्ट्रीले देश र विदेशमा विभिन्न अवार्ड जितिसकेको छ ।  

डकुमेन्ट्रीले नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन् सबैले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । यही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतार्नुभएको हो ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया