रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गयो

 साउन ३१, २०७९ मंगलबार ११:२९:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

हिजो बेलुका मुसीकोट नगरपालिका–२, राउखेतमा दुर्घटना हुँदा रसुवा घर भइ कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पातुखोला – राउखेत सडक खण्ड मर्मतको क्रममा हिजो एक्स्काभेटर  पल्टिएको थियो । 
 

अन्तिम अपडेट: भदौ ९, २०७९

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया