आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
पाँचथर – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।
बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिनमा रहेकाे फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको पाँचथर प्रहरी जनाएको छ । बुढाथोकीले शनिवार राति बालिकालाई बलात्कार गरेको आरोप छ ।
बालिकाका आफन्तले सोमवार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकी विरुद्ध उजुरी परेलगत्तै आरोपितलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान थालिएको राईले बताउनुभयो।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।