मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा २ जनाको ज्यान गयाे

 साउन ३१, २०७९ मंगलबार १४:५९:५६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

चितवनबाट काठमाण्डाै जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिएकाे हाे । ठक्कर दिँदा जीपमा रहेका ज्वालामुखी गाउँपालिका– १ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो । 

गल्छी गाउँपाकिला ६ चिरौदी पुलमा ट्रेलरले जीपलाई ठक्कर दिएको हो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया