गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गयाे

 भदौ ७, २०७९ मंगलबार १०:४८:४४ | रासस
unn.prixa.net

कैलाली - कैलालीमा सडकमा छाेडिएकाे गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११ प ३८१६ नम्बरकाे मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

मोटरसाइकलमा रहेकी शर्मीलाको त्यही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया