महानगरको ‘एक्सन’पछि राहदानी विभागको 'सेवाग्राही होल्डिङ सेन्टर' पार्किङमा परिणत

 भदौ १०, २०७९ शुक्रबार १६:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको राहदानी विभागले सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको आफ्नो भवनको बेसमेन्टमा अब गाडी पार्किङ गर्ने जनाएको छ ।

काठमाण्डाै महानगरले नियमविपरीत बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । विभागले पार्किङको लागि प्रयोग गर्नुपर्ने बेसमेन्टलाई सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएकोमा आज त्यहाँ पुगेको महानगरको टोलीले बेसमेन्टमा राखिएका कुर्सीहरु पनि हटाएको छ । 

हाेल्डिङ सेन्टरभित्र राखिएका कुर्सीहरु हटाउँदै महानगर प्रहरी

विभागमा दैनिक २५ सय भन्दा धेरै सेवाग्राही आउने गर्छन् । यसरी ठूलो संख्यामा आउने सेवाग्राहीलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको विभागले जनाएको छ । तर कानुनअनुसार त्यसरी बेसमेन्टलाई अन्य काममा प्रयोग गर्न नपाइने भएपछि विभागले अबदेखि त्यहाँ पार्किङ नै गर्ने जानकारी गराएको छ । सेवाग्राहीलाई होल्डिङ गरि राख्न नमिल्ने भएपछि भीड बढ्ने भएकाले तोकिएको मिति वा समयमा मात्रै आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

हाेल्डिङ सेन्टर बनाइएकाे बेसमेन्ट

आज एक सूचना जारी गर्दै विभागले लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राहीलाई मात्र राहदानी आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ । योसँगै राहदानी विभाग बाहिरको सडकमा भिडभाड नगर्न, सेवा लिन आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्रै आउन विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया