पहिरोका कारण १ सय २५ परिवार पिउने पानीबाट वञ्चित, खेतमा सिँचाइकाे समस्या

 भदौ १६, २०७९ बिहिबार ९:५३:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरामा लाखौँको क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण घ्युरस र मानाखोलामा पहिरो खस्दा १० वटा कुलोको बाँध र दुईवटा खानेपानीको मुहानमा क्षति पुगेको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभयो । डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान र कुलोको बाँधमा क्षति पुर्‍याएको छ । 

उहाँका अनुसार पहिरोले गहतेरा गाउँमा आएको दाङवाङ खानेपानी आयोजनाको दुईवटा बाँध र मुहानमा  पूर्णरुपमा क्षति गर्नुका साथै पानीका पाइपहरु बगाएको छ । पहिरोले घ्युरस खोला र मानाखोलाको बाँध पनि बगाएको छ । खानेपानी आयोजनामा क्षति पुग्दा १ सय २५ घरधुरी पानी खानबाट बञ्चित भएका छन् । वडा अध्यक्ष डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान बगाउँदा करिव १६ लाख रुपैयाँ बराबरको क्षति भएकाे छ । यस्तै पहिरोले बंगलाचुली ४ को मानाखोला र  सुकाखोलामा रहेका १० वटा कुलोका बाँधहरु पूर्णरुपमा भत्काएको छ ।

पहिरोले कुलोका बाँधहरु भत्काउँदा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभयो । कुलोका बाँधहरुमा क्षति पुगेपछि कृषकले धान खेतमा सिँचाइ गर्न पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया