अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन

 भदौ १६, २०७९ बिहिबार १४:२९:१८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – वालिङ बजारमा रहेका टेलिफोन, केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र तार व्यवस्थापन गर्न नगरपालिकाले निर्देशन दिएको छ । सडक तथा बजार नै कुरुप हुने गरी राखिएका इन्टरनेट तथा केबुल तार अबको ३५ दिनभित्रमा व्यवस्थापन नगरे काटिदिने नगरपालिकाका मेयर कृष्ण खाँणले जानकारी दिनुभयो । 

टेलिफोन, केबुल तथा इन्टरनेटका तारहरू अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको स्थायीरूपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको मेयर खाणले जानकारी दिनुभयाे ।

नगरपालिकाभित्र आधा दर्जनभन्दा धेरै इन्टरनेट सेवाप्रदायक, एक केबुल टिभी, नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन रहेका छन् । सबैले जथाभाबी तार राख्दा बजार नै कुरुप भएको र दुर्घटनाको जोखिमसमेत बढेको भन्दै आफूहरू यस्तो कदम चाल्न बाध्य भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा नम्बर १, ६, ८, ९, १० र १३ मा अव्यवस्थित तार धेरै भएको नगरपालिकाले जनाएको छ । 

यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्यनजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया