५ वर्षीया बालिका बलात्कार प्रयास गर्ने सरकारी कर्मचारी २३ दिन पछि पक्राउ

 असोज १२, २०७५ शुक्रबार ७:३५:४४ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा पाँच वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने सरकारी कर्मचारीलाई प्रक्राउ गरिएको छ । 

दोलखा प्रहरीले लामो समयको खोजी पछि काठमाडौंमा लुकेर बसिरहेका कमल बजगाईंलाई कोटेश्वरबाट पक्राउ गरेको हो । आफ्नै घरमा खेलिरहेकी बालिकालाई बलात्कार गर्ने प्रयास गरेर फरार भएका बजगाईंलाई पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

भदौ १८ गते बेलुकी बालिकाको घरमा पुगेका बजगाईं अर्को कोठामा खेलिरहेकी बालिकालाई बलात्कार गर्ने प्रयास गरेको बालिकाकी आमा बुबाको किटानी जाहेरी पछि प्रहरीले खोजी गरेको थियो । 

घटना भएको २३ दिन पछि बजगाईं विहीबार पक्राउ परेका हुन् । 

खानेपानी डिभिजन कार्यालयका प्राविधिक पदमा अस्थाई करारमा कार्यरत बजगाईंमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया