दाङ : ग्रामीण सडक भत्किँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या

 भदौ १६, २०७९ बिहिबार १७:२५:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका धेरैजसो ग्रामीण सडक भत्किँदा स्थानीयवासी समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र भूक्षयका कारण दाङका धेरैजसो सडक बिग्रँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या हुने गरेको छ । 

घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघालाई चारैतिरबाट जोड्ने विभिन्न कच्ची सडकमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको वडा नम्बर १९ का पूर्वअध्यक्ष हर्क घर्तीले जानकारी दिनुभयो । यसैगरी बङ्गलाचुली, राजपुर र बबई गाउँपालिकाका ग्रामीण क्षेत्रका सडक पनि वर्षापछि आएको बाढी र पहिरोले बिगार्दा स्थानीयवासी समस्यामा परेका छन् ।  

यसैगरी पश्चिम क्षेत्रमा राम्चे आसपास र रोल्पासम्म जोड्ने सडकमा पनि क्षति पुगेको छ । त्यस्तै पश्चिम दाङको गहत खोलामा आएको बाढीले पक्की सडक नै बगाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया