डोटीको दिपायलमा अब जहाज नियमित चल्छ : निवर्तमान मन्त्री आले

 भदौ २०, २०७९ सोमबार १८:१९:४२ | विमल बिष्ट
unn.prixa.net

डोटी – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा जहाज नियमित सञ्चालन हुने बताउनुभएको छ । 

आज सोमवार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्दै निवर्तमान मन्त्री आलेले दिपायलमा जहाज नियमित सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, जहाज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भए पनि जहाज सञ्चालन गराउन सफल भएको छु, अब जहाज नियमित सञ्चालन गराउँछु ।

उहाँले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विमानस्थलहरूको स्तरोन्नतिसहित नियमित सञ्चालन गरी यहाँका नागरिकलाई सङ्घीय राजधानी काठमाण्डाैसँग सिधा हवाई सम्पर्कमा जोड्ने आफ्नो लक्ष रहेकाले त्यसमा लागिपरेको बताउनुभयो । यसैगरी उहाँले कैलालीको धनगढीमा रहेकाे गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आफूले बजेट विनियोजन गराएको र काम सुरु भएकाे पनि जानकारी दिनुभयो । निवर्तमान मन्त्री आलेले डोटीसहित समग्र सुदूरपश्चिमको विकासका लागि आफू अहोरात्र खटिरहेको दाबी गर्नुभयाे । 

उहाँले दिपायल विमानस्थलमा जहाज नियमित सञ्चालन भए यहाँका बडीमालिका, खप्तड, बडीकेदार, रामारोशन लगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रहरूमा पर्यटकको आवागमन बढ्ने र पहाडी जिल्लाका नागरिककाे आयस्तरमा वृद्धि हुने बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया