शाैचालयमा लडेर दाङमा १ महिलाकाे ज्यान गयाे

 भदौ २२, २०७९ बुधबार १९:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । शाैचालयमा लडेर तुलसीपुर उपमहानगरपालिका ६ कपडादेवीकी ३८ वर्षीया कमला लामिछानेकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेको घरमा आज बुधवार दिउँसाे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टाे अवस्थामा देखेपछि उहाँलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । अस्पताल पुर्‍याएकाे केहीबेरमै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया