रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने

 भदौ २३, २०७९ बिहिबार १५:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो ।

यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिने छ । यस्तो भिसा ६० दिन अर्थात् दुई महिना अवधिको हुने छ ।

यो अवधिमा यूएईमा रहेर आफूले चाहे अनुसारको काम खोज्न सकिन्छ । यो भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिने लगायतका विवरण भने सार्वजनिक गरिएको छैन । तर यूएई सरकारले यस भिसामार्फत दक्ष र व्यवसायीक युवाहरूलाई लक्षित गरेको छ । आउँदो अक्टोबर ३ देखि यो भिसा कार्यान्वयनमा आउने छ । 

भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा युएई छोड्न ६ महिनाको समयावधि दिइनेछ । यसअघि सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा युएई छोड्नुपर्ने नियम थियो ।

यस्तै, यूएई आउँदो अक्टोबर ३ देखि नै आप्रवासीहरूलाई गोल्डेन भिसा पनि दिन थाल्ने भएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Prakash khanal

    Sept. 8, 2022, 4:18 p.m.

    Kam chaheyo

  •  0 Reply

तपाईको प्रतिक्रिया