ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैँको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

 असोज १, २०७९ शनिबार १३:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।

आजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरुलाई आईफोन १३ प्रदान गरिनेछ । 

यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा त्यसभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिसँगको सहकार्यमा ल्याएको हो ।  

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया