पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध

 असोज १, २०७९ शनिबार १४:५५:४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी,पालिका तह र सडक विभागका कर्मचारी पहिरो पन्छाउने कार्यमा लागि रहेका छन् । कालिकोट खण्डको सडक बेलुकीसम्म खुलाउने गरि काम भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १६, २०७९

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया