‘पोखरा आर्ट क्याम्प’ शुरु, विभिन्न देशका १ सय १८ कलाकार सहभागी

 असोज १, २०७९ शनिबार १८:३२:१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा आर्ट क्याम्प शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि चार गतेसम्म ‘पोखरा आर्ट क्याम्प’ चल्ने छ । क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका गरी १ सय १८ जना कलाकारको सहभागिता रहेको छ । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले  आर्ट क्याम्पको उद्घाटन गर्नुभयाे ।

अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा पोखरा आर्ट क्याम्प शुरु भएको हो । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र इरानका ६ जना कलाकारले सहभागिता जनाएका छन् । आर्ट क्याम्प अन्तर्गत शनिबार भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’ गरेका छन् । दोस्रो दिन आइतबार कास्कीको माछापुच्छे गाउँपालिकाको घाचोकमा दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशालामा सहभागी हुने छन् भने तेस्रो दिन सोमबार पोखरा २२ पुम्दिभुम्दीको विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ ।

कला प्रर्दशनीले नेपाल र पोखराको कला र पर्यटन विकासमा टेवापुग्ने कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले बताउनुभयाे । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना भएको हो । पोखरा आउन पाउदा र पोखराको प्राकृतिक सुन्दरतालाई चित्रमा कोर्न पाउँदा विदेशी कलाकाहरुले पनि खुसी व्यक्ति गरे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया