बाढी प्रभावितको बिचल्ली : बाला लाग्न थालेको धानबालीमा समेत क्षति

 असोज २, २०७९ आइतबार १०:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - पश्चिम तराई क्षेत्रमा बाढी प्रभावित बिचल्लीमा परेका छन् । कैलाली, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा हिजो आएको बाढीले प्रभावित भएका नागरिक घर फर्कन सकेका छैनन् ।

गएको वर्ष पनि यी क्षेत्रमा पाकेको धान असोज अन्तिम तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो । यसवर्ष पनि फुल्न लागेको धानबालीमा बाढीले नोक्सान गरेको छ । बाढी प्रभावितले घरमा रहेकाे अन्नपातसमेत जोगाउन नसकेका कैलालीको भजनीका स्थानीय बासिन्दा जयप्रसाद ढुङ्गानाले गुनासो गर्नुभयो ।

कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावित परिवार हुलाकी सडकमा बसेका छन् । बाढीका कारण त्यहाँ आठ हजार बिघा जमिनमा लगाएको धानबालीमा समेत असर गरेको छ । बाला लाग्दै गएको धानबालीमा बाढी क्षति गरेको छ ।

हुलाकी सडकमा बसेकाहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताउनुभयो । ‘ज्यान बाँचे दुःखसुख गरी खाइएला, अब सम्पत्ति बगेको हिसाब गरिसाध्य छैन’, उहाँले भन्नुभयो । चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ ।

टीकापुर नगरपालिका–८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँभित्र पसेको छ । भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनीका मेयर केवल चौधरीले जानकारी दिनुभयो । बाढीले गरेको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पालिकाले बाढी प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायत वितरण गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया